काठमाडौं ५ असार
गायक महेश काफ्ले र गायिका अस्मिता अधिकारीले इन्गेजमेन्ट गरेका छन् । केही समयदेखि प्रेम सम्बन्धमा रहेका काफ्ले र अधिकारीले दुबईको बुर्ज खलिफा गएर इन्गेजमेन्ट गरेका हुन् ।
काफ्लेले इन्गेजमेन्ट गरेको तस्बिर आफ्नो फेसबुक पेजमार्फत शेयर गर्दै आफूहरूले इन्गेजमेन्ट गरेको जनाएका छन् ।
काफ्लेले अधिकारीलाई औंठी लगाइदिएका थिए ।