शान्ति शिखर सम्मेलनले युद्धको अन्त्य गर्न सहयोग गर्ने जेलेन्स्कीको विश्वास

पेरिस, फ्रान्स२५ जेठ 

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनमा शान्ति ल्याउन यस महिना स्विट्जरल्यान्डले आयोजना गरेको शिखर सम्मेलनले सहयोग गर्ने आशा व्यक्त गरेका छन् ।

रूसले युक्रेनमा आक्रमण गरेको दुई वर्षभन्दा बढी समय पछि फ्रान्सेली संसद्लाई सम्बोधन गर्दै बताएका हुन् ।

पहिलेदेखि भइआएको सहयोगका लागि आभार व्यक्त गर्दै आगामी दिनमा हुने यस्तो सहयोग निष्पक्ष शान्तिका लागि अझ धेरै आवाश्यक रहेको उनले बताए ।

दोस्रो विश्वयुद्धको ‘डी डे’ अवतरणको ८० वर्षपछि युरोप दुर्भाग्यवश शान्तिको महाद्वीप नभएको उनले बताए । उत्तरी फ्रान्सको नरम्यान्डीको तटमा एलाईड सैनिकहरु उत्रिएको ऐतिहासिक दिनलाई ‘डी डे’ भनिन्छ ।

युरोपको सुरक्षाको कुञ्जी युक्रेनमा भएको बताउँदै उहाँले वर्तमान नियन्त्रण रेखामा शान्ति स्थापना हुन नसक्ने उनले उल्लेख गरे ।

एसिया र अफ्रिकामा निरन्तर नयाँ क्षेत्र खोजिरहेको रूस औपनिवेशिक साम्राज्य नभई युक्रेनमाथि नियन्त्रण बिना एउटा सामान्य राष्ट हुनुपर्ने उनको धारणा थियो ।