देशभर मनसुनी वायु :आज राति यी प्रदेशमा मध्यमदेखि भारीसम्म वर्षाको सम्भावना

काठमाडौं ३१ असार 

बुधबार बेलुका देशका विभिन्न भागमा पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।महाशाखाका अनुसार आज रातिका लागि देशभर साधारणतया बादल लाग्नेछ।

अनि देशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा/हिमपातको सम्भावना छ।

यसैगरी मधेस प्रदेश तथा कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका केही स्थानमा, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभाग तथा सुदूरपश्चिम प्रदेशको तराई भूभागका थोरै स्थानमा पनि रातिलाई मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ।

कोसी र बागमती प्रदेशका हिमाली भूभाग तथा कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका एक-दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको मौसम महाशाखाले जनाएको छ।