वरिष्ठ भारतीय अभिनेता राकेश बेदी काठमाडौंमा

काठमाडौँ २४ जेठ

शुक्रबारबाट नेपालमा समेत प्रदर्शनमा आएको हिन्दी चलचित्र ‘है जवानी तो इश्क होना है’ को प्रचार प्रसारका लागि वरिष्ठ बलिउड (भारतीय) अभिनेता राकेश बेदी नेपाल आएका छन् । उनको नेपाल भ्रमणको आयोजना चलचित्र वितरक कश्यप नरेन्द्र वेद र नवीन उदाशले गरेका हुन् । नियोम फिल्म्स र क्यापिटल वल्र्ड ग्रुपमार्फत उनीहरूले भारत–नेपाल चलचित्र सहकार्यलाई थप मजबुत बनाउन सक्रिय भूमिका निर्वाह गर्दै आएका छन् । उक्त टोली हालै नेपालमा प्रदर्शन भएको चलचित्र ‘पेड्डी’ सँग पनि आबद्ध रहेको जनाइएको छ ।

भ्रमणका क्रममा अभिनेता बेदीले काठमाडौँका विभिन्न चलचित्र मन्दिर (थिएटर) हरूको भ्रमण गरी दर्शक तथा हल सञ्चालकहरूसँग प्रत्यक्ष साक्षात्कार गर्नेछन् ।