धादिङ बस दुर्घटना (अपडेट): २८ जना घाइतेको पहिचान खुल्यो

धादिङ

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका-७ चरौदी नजिकै यात्रुवाहक बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ ।

पोखराबाट काठमाडौँ आउँदै गरेको ग२ ख १४२१ नं को बस आज बिहान त्रिशूली नदी किनारमा खसेको थियो । दुर्घटनामा ११ जना पुरुष र ६ जना महिलाको घटनास्थलमै मृत्यु भएको हो ।

तीमध्ये एक महिला र एक पुरुष विदेशी नागरिक रहेका छन् । बसमा ४५ जना सवार रहेको बताइएको छ । २८ जना घाइतेको उद्धार गरी अस्पताल पठाइएको छ । घाइते सबैको पहिचान भने खुलेको छ ।

जिल्लाका तीनै सुरक्षा निकाय र स्थानीयले उद्धार गरेका थिए ।

हेर्नुहोस् घाइतेको नाम