काठमाडौं ९ माघ
निर्वाचन आयोगले संघ–संस्थालाई आफ्नो चुनाव स्थगित गर्न निर्देशन दिएको छ । आयोगले शुक्रबार चुनाव स्थगित गर्न निर्देशन दिएको हो ।
नेपाल उद्योग वाणिज्य महासंघको प्रदेशसभागत चुनाव, नेपाल निर्माण व्यवसायी महासंघको साधारणसभा, नेपाल चिकित्सक संघको प्रदेशको निर्वाचनलगायत संघ–संस्थाको चुनाव स्थगित गर्न निर्देशन दिने निर्णय गरिएको स्रोतले जनायो । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति निर्वाचन आचारसंहिता लागु भइसकेकाले छ ।