काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले आगामी निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा हुनुपर्नेमा जोड दिनुभएको छ ।
शुक्रवार सशस्त्र प्रहरी बलको २५ औं सशस्त्र प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले आगामी निर्वाचन संविधान, संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढिकरण, स्थायित्व, सुशासन र विकाससँग जोडिएको बताउनु भयो ।
राजनीतिक दलसहित सबैको निर्वाचन प्रक्रियामा देखिएको चासो र उल्लासमय सहभागितासँगै यसलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्ने कार्यमा सघाउन सुरक्षा निकायले कुनै कसर बाँकी नराख्ने विश्वास व्यक्त गर्नुभयो ।