भरतपुर अस्पतालमा १५ शय्याको ट्रमा सेन्टर सञ्चालनमा

चितवन २१ मङ्सिर 

चितवनस्थित भरतपुर अस्पतालमा १५ शय्याको ट्रमा सेन्टर सञ्चालनमा आएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री डा सुधा गौतमले औपचारिक रुपमा आज ट्रमा सेन्टरको उद्घाटन गरेको हो।

कुल ५० शय्या क्षमता रहेको उक्त ट्रमा सेन्टरमा हाललाई १५ शय्या सञ्चालनमा ल्याएको छ भरतपुर अस्पतालको कम्पाउन्डिङ फार्मेसी ल्याब एवं औषधि सूचना केन्द्र समेत समुद्घाटन गरेकी हुन्।

विशेष बिरामीहरुको आवश्यकता अनुसार औषधिको उपलब्धता र पहुँच सुनिश्चत गरी उपचारका नतिजामा सुधार आउने अस्पतालले जनाएको छ।