विघटित प्रतिनिधिसभा पुन:स्थापना माग्दै एमालेपछि सर्वाेच्च पुग्यो कांग्रेस

मंसिर २१ काठमाडौं

नेकपा एमालेले प्रतिनिधिसभा पुन:स्थापनाको पक्षमा वकालत गरिरहेका बेला तत्कालीन संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेस पनि संसद् पुन:स्थापनाकै पक्षमा उभिएको छ ।

प्रतिनिधिसभा विघटन असंवैधानिक भएको ठहर गर्दै पुन:स्थापनाको मागसहित कांग्रेसले सर्वोच्च अदालतमा रिट दायर गरेको छ ।

कांग्रेसको तर्फबाट विघटित प्रतिनिधि सभाका प्रमुख सचेतक श्याम घिमिरे र सचेतक सुशीला थिङसहित ८ जना सांसदहरू निवेदक बनेर सर्वाेच्च पुगेका छन् । रिट दर्ताका लागि अदालतले सोमबारको समय दिएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच शनिबार भेटवार्ता भएपछि कांग्रेसले रिट दायरका लागि अदालत पुर्‍याएको छ । एमालेले यसअघि नै रिट दायर गरिसकेको छ ।