लाइसेन्स छपाइ र वितरण अनिश्चितकालका लागि बन्द

काठमाडौं २९ भदौ 

जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट उपकरण तथा सर्भरमा क्षति पुगेपछि यातायात व्यवस्था विभागले सवारी लाइसेन्स छपाइ र वितरण अनिश्चितकालका लागि बन्द गरेको छ।

विभागले अर्को सूचना नआएसम्म सूचना प्रविधिसम्बन्धी सबै सेवा अवरुद्ध रहने जनाएको छ।