रत्ननगर ।
पूर्वी चितवनको रत्ननगर स्थित बकुलहर रत्ननगर अस्पतालका विरामीलाई फलफूल वितरण गरिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी रत्ननगर नगर समितिले पूर्वराजा ज्ञानेन्द्र शाहको जन्मजयन्तीको अबसरमा अस्पतालमा उपचाररत विरामीलाई फलफूल वितरण गरेको छ ।
नगर समितिका अध्यक्ष सन्तोष लामा, निवर्तमान अध्यक्ष गोविन्द अधिकारी, बाणिज्य विभाका केन्द्रीय सचिव हरि अधिकारी लगायतका नेताहरुले विरामीलाई फलफुल प्रदान गरेका थिए । सो कार्यक्रममा अस्पतालका अध्यक्ष गोपालराज कर्मचार्य समेत सहभागी थिए । पार्टीका नगर अध्यक्ष लामाले पूर्वराजाको जन्मजयन्तीको अबसरमा दीपप्रज्वलन जस्ता कार्यक्रम नगरी विरामीको स्वास्थ्य लाभको कामना गर्दै फलफूल र माक्स वितरण गरिएको बताए । असार पन्ध्रमा मलको सहज उपलब्धताको लागि स्थानीय सरकारलाई ध्यानकर्षण गराइएको भन्दै राप्रपाले समस्या सामधान र जनचासोको विषयलाई प्राथमिकता दिएको बताए ।
कार्यक्रममा जिल्ला सदस्यहरु गणेश रायमाझी, दुर्गा घिमिरे, किसान जिल्ला अध्यक्ष शम्भु अधिकारी, पार्टी नगर उपाध्यक्ष बिमला थापा, सचिव अनन्द सुवेदी, महिला नगर अध्यक्ष मिना प्रधान, नेताहरु सरस्वती सेढाई, हिरा पाठक, धर्मराज न्यौपाने, मुकेश देवकोटा लगायत सहभागी थिए ।