रत्ननगर
रत्ननगरमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्युरत्ननगर । पूर्वी चितवनको रत्ननगर वडा नं १ सौराहाचोकमा भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । बुधबार बिहान ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा रत्ननगर वडा नम्बर १६ निवासी अन्दाजी २७ वर्षीय किशोर श्रेष्ठ रहेका छन् । इलाका प्रहरी कार्यालय टाँडीका अनुसार भरतपुरबाट खैरहनीतर्फ जाँदै गरेको ना ६ ख ६२८२ नम्बरको ट्रकले ना ६४ प ४३३ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । घाइते स्कुटर चालकलाई तत्काल रत्ननगर अस्पताल लगिएको थियो ।
त्यहाँबाट थप उपचारका लागि चितवन मेडिकल कलेज रिफर गरिएकोमा उपचारका क्रममा श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रक र ट्रक चालकलाई इलाका प्रहरी कार्यालय टाँडीले नियन्त्रणमा लिएको छ।