रत्ननगर उवासंघमा जेन्स सैलुन सन्बन्धी तालिम सुरु

रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा जेन्स सैलुन सन्बन्धी सीप विकास तालिम सुरु भएको छ । रत्ननगर उद्योग बाणिज्य संघको सहकार्यमा उद्योग तथा बाणिज्य कार्यालय भरतपुरले आयोजना गरेको उक्त तालिमको रत्ननगर नगरपालिकाका उपमेयर यादव प्रसाद पाठकले उद्घाटन गरेका थिए ।

तालिममा ६ जना महिना सहित ३० जनाको सहभागिता रहेको छ । सीप विकास मार्फत युवाहरुलाई स्वरोजगार बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको संघका अध्यक्ष शंकर गिरीले बताए । संघले व्यवसायी हित र विकास संगै सामाविक उत्तरदायित्व बहन गर्दै सीप विकासका कार्यक्रम सञ्चालन गर्दै आएको अध्यक्ष गिरीको भनाई छ । कार्यक्रमका प्रमुख अतिथि उपमेयर पाठकले स्थानीय सरकारको रुपमा रहेको रत्ननगर नगरपालिकाले नगर प्रमुखसंग उद्यामशिलता कार्यक्रम अन्तर्गत विनो धितो, विना व्याज तीन लाख सम्म कर्ता लगानी गरिरहेको भन्दै त्यसको भरपुर फाइदा लिन युवाहरुलाई आग्रह गरेका छन् । उद्योग तथा बाणिज्य कार्यालय भरतपुरका प्रमुख विनोद पौडेलले उद्यमशिलता मार्फत जीविकोपार्जनलाई सहज बनाउन कार्यालयले अनेकन प्रकारका तालिम आयोजना गरिरहेको बताए ।

नेपाल उद्योग बाणिज्य महासंघका सदस्य अनिल कुमार श्रेष्ठले निजी क्षेत्रले सामाजिक विकासमा गरेको लगानी खेर जान नहुने तर्क गरे । संघका महासचिव उपेन्द्र शर्मा आचार्यले सञ्चालन गरेको उक्त कार्यक्रममा संघका पूर्व अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ, कार्यसमिति सदस्यहरु लक्ष्मी कर्माचार्य, लक्ष्मीलाल श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम संघका अध्यक्ष गिरी र उद्योग तथा बाणिज्य कार्यालय भरतपुरका कार्यालय प्रमुख पौडेलको सयुक्त अध्यक्षतामा भएको थियो ।