रत्ननगरका उपेन्द्र नेपालको उपचारका लागि आर्थिक सहयोगको अपील

 

रत्ननगर, बैशाख १५ ।
रत्ननगर वडा नम्बर १५ का स्थायी बासिन्दा ३२ वर्षीय उपेन्द्र नेपाल (रामु) को दुवै मृगौला फेल भएको छ । राजेन्द्र नेपाल र चिनिमाया नेपालका कान्छा छोरा उपेन्द्रको दुवै मृगौला फेल भएपछि उनको परिवार गहिरो पीडामा डुबेको छ। काठमाडौं मेडिकल कलेजमा उपचाररत उपेन्द्रको जिवन अब आर्थिक सहयोगको आशामा अडिएको छ ।

निम्न आर्थिक अवस्थाका कारण उपेन्द्रको परिवारले उपचारको खर्च धान्न नसक्ने अवस्था छ। उनको श्रीमती शान्ती कुमारी बरुवाल नेपाल र परिवारले उपेन्द्रलाई बचाउन हरसंभव प्रयास गरिरहेका छन् । उपेन्द्रको बाँच्ने चाहनालाई साकार पार्न परिवारले सबैसंग आर्थिक सहयोगको अपिल गरेका छन् ।

उपेन्द्रको उपचारको लागि सहयोग गर्न इच्छुकले शान्ती कुमारी बरुवाल नेपालको ग्लोबल आइएमई बैंकको खाता नम्बर ११३०७०१०१३१२६१ मार्फत आफ्नो सहयोग रकम पठाउन सक्नुहुनेछ। सहयोगका लागि वडा अध्यक्ष आशिक तामाङ (९८५५०६६५६२) वा बिरामी उपेन्द्र नेपाल (९७०८७००४९९) सँग सम्पर्क गर्न सकिनेछ ।