संस्कृत विद्यापीठको स्ववियू सभापतिमा अनुप 

लक्ष्मी ढकाल

गैंडाकोटा । गैंडाकोटा वडा नं ६ स्थित कालिका संस्कृतिक विद्यापीठको स्ववियू सभापतिमा अनुप भण्डारी सर्वसम्मत चयन भएका छन् । रत्ननगर वडा नं ५ निवासी भण्डारी नेपाल विद्यार्थी संघबाट सभापति पदका उम्मेदवार थिए । नेपाल विद्यार्थी संघ र अनेरास्ववियुको सहमतिका आधारमा भण्डारीलाई सभापति पदमा चयन गरिएको हो । सचिवमा अनेरास्ववियुका कमल सापकोटा, कोषाध्यक्षमा नेविसंघका लक्ष्मणप्रसाद सापकोटा, सदस्यमा अनेरास्ववियुका सागर भूषाल र नेविसंघका कृष्ण पौडेल, तुलसा घिमिरे चयन भएका छन् । समानुपातिक तर्फ नेविसंघका मिलनकुमार पराजुली र ऋषि अधिकारी तथा अनेरास्ववियूका सुजन ढुंगेल चयन भएका छन् । सभापतिमा सर्बसम्मच चयन भएपछि अनुप भण्डारीले शैक्षिक गुणस्तर सुधार र विद्यार्थीको हकहितमा काम गर्ने प्रतिबद्धता जनाए । समस्यामा परेका विद्यार्थीको पक्षमा काम गर्दै विद्यापीठलाई उत्कृष्ट शैक्षिक गन्तव्यको रुपमा विकास गर्न प्रयत्नरत रहने उनको भनाई छ ।