लक्ष्मी ढकाल
गैंडाकाेट । नेपाल लाेकतान्त्रिक यातायात व्यवसायी संगठन गैंडाकाेट नगर कमिटीकाे अध्यक्षमा महेश पाैडेल चयन भएका छन् । शनिवार गैंडाकाेटमा सम्पन्न प्रथम अधिवेशनले पाैडेलकाे अध्यक्षतामा नगर कमिटी गठन गरेकाे हाे । कमिटीकाे उपाध्यक्षमा इन्द्रबहादुर गजमेर, सचिवमा मेघराज पाैडेल, उपसचिवमा बालकुमार श्रेष्ठ र अरुण पाैडेल, सदस्यमा पदम गुरुङ र अर्जुन कँडेल चयन भएका छन् । अधिवेशनकाे नेपाल लाेकतान्त्रिक यातायात व्यवसायी संगठनका केन्द्रीय उपाध्यक्ष शंकर गिरीले उद्घाटन गरेका थिए । साे अबसरमा कार्यक्रमका प्रमख अतिथि गिरीले यातायात क्षेत्रमा भएकाे लगानी सुरक्षाकाे लागि राज्य जिम्मेवार हुनुपर्नेमा जाेड दिए । नेकपा एमाले गैंडाकाेट नगर कमिटीका अध्यक्ष कृष्ण कँडेलकाे अध्यक्षतामा भएकाे साे कार्यक्रममा नेपाल यातायात मजदुर संगठनका केन्द्रीय महासचिव केशब थापा, एमाले प्रदेश कमिटी सदस्य तथा गैंडाकाेट नगरपालिकाका निवर्तमान मेयर छत्रराज पाैडेल, जिल्ला कमिटी उपाध्यक्ष यमुनाथ आचार्य,नेपाल लाेकतान्त्रिक यातायात व्यवसायी संगठन नवलपुर जिल्ला सचिव सागर ढुंगाना लगायतकाे उपस्थिति रहेकाे थियाे ।