सभापति देउवा भोलि भारत जाने

काठमाडौं ७ फागुन 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भोलि (फागुन ८) गते भारत भ्रमणमा जाने तय भएको छ । देउवा भारत भ्रमणमा जाने कुरा यसअघि नै उनकी पत्नी डा. आरजु राणाले खुलासा गरेकी थिईन् ।

ओमानको मस्कटमा आयोजित कार्यक्रममा सहभागी हुने क्रममा परराष्ट्रमन्त्री राणाले भारतीय विदेशमन्त्री डा. एश जयशंकरसँगको साइडलाईन वार्तामा आफ्नो पति देउवा महाकुम्भ मेलामा सरिक हुने खुलासा गरेकी थिईन् । महाकुम्भमा स्नान गरेपछि देउवा इण्डिया फाउण्डेशनले आयोजना गर्ने कुम्भ समिटमा मुख्य वक्ताको रुपमा भाग लिने बताइएको छ ।