खोटाङ ४ फागुन
जिल्लाको हलेसी बजारमा आइतबार साँझ आगलागी भएको छ । हलेसी बजारमा रहेको एक हार्डवेयर पसलमा आगलागी जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
अहिले आगो निभाउने प्रयास भइरहेको छ । प्रहरीका अनुसार आगलागीको क्षतिबारे विस्तृत विवरण आउन बाँकी छ ।