गोरखा २३ माघ
गोरखामा भीरबाट लडेर एक जना वृद्धकाे ज्यान गएको छ ।
सामाजिक सुरक्षा भत्ता बुझेर घर फर्कने बेला भीरबाट लडेर भीमसेन थापा गाउँपालिका वडा नम्बर ४ काशीखोलाका ७५ वर्षीय चूडामणि काप्रीको ज्यान गएको हो । भत्ता लिन आइतवार नै घरबाट हिँडेका वृद्ध घर नफर्किएपछि खोजी गर्दा आज बिहान शव भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।रासस