१३ माघ
बि स २०८१ साल माघ १३ गते आइतबार । इश्वी सन २०२५ जनवरी २६ तारीख । माघ कृष्ण पक्ष द्वादशी तिथी जेष्ठा नक्षत्र पश्चात मुल नक्षत्र व्याघात योग कौलव करण चन्द्रमा वृश्चिक राशीमा पश्चात धनु राशिमा आनन्दादि योगमा काण योग कालयुक्त नाम संवत्सर सुर्य उत्तरायण शिशिरऋृतु
मेष : दिन उपलब्धिमूलक छैन । रोगव्याधिको भय, आर्थिक क्षति, सम्मानमा चोट हुन सक्छ ।
वृष : बिहान लाभ होला । त्यसपछि भने रोगव्याधिको भय, कार्य बाधा नहोला भन्न सकिन्न ।
मिथुन : समय उत्तम फलदायक छ । आर्थिक लाभ, स्वास्थ्य लाभ, प्रेममा सफलता हुन सक्छ ।
कर्कट : बिहान कार्य सफल हुने देखिँदैन तर त्यसपछि भने धन लाभ, विजयको सम्भावना छ ।
सिंह : स्वास्थ्य प्रतिकूल हुने, कार्य असफल, धन नाश हुने देखिन्छ । सजग रहनु नै बेस ।
कन्या : बिहान लाभ, पराक्रम होला । त्यसपछि भने दौडधूप, तनाव, खर्च हुन सक्छ ।
तुला : बिहान दुःख पर्ला तर त्यसपछि भने क्षमता वृद्धि, पुरस्कार प्राप्तिको सम्भावना छ ।
वृश्चिक : बिहान खाद्यान्न लाभ हुन सक्छ । त्यसपछि भने राज्यबाट भय, शोक–सन्ताप होला ।
धनु : बिहान हानि भए पनि त्यसपछि भने भाग्योदय, कार्य सफल, सन्तोष हुने देखिन्छ ।
मकर : बिहान उत्तम भोजनसहित लाभ होला । त्यसपछि भने बिरामी, चोटपटकको भय होला ।
कुम्भ : दिन शुभ भएकाले सुख–सन्तोष, कार्य सफल, सेवा वा वस्तु प्राप्ति हुने सम्भावना छ ।
मीन : बिहान केही संकट आइपर्ला । त्यसपछि भने फाइदा, सफलता, मन प्रफुल्लित हुन सक्छ ।