आईसीसी यू-१९ महिला टी-२० विश्वकपमा तेस्रो खेलमा नेपालले अस्ट्रेलियासँग खेल्दै

९ माघ

आईसीसी यू-१९ महिला टी-२० विश्वकपमा बुधबार नेपालले तेस्रो खेल अस्ट्रेलियासँग खेल्दै छ ।

मलेसियामा जारी प्रतियोगिता दिउँसो नेपाली समयअनुसार सवा १२ बजेदेखि सुरू हुनेछ । नेपाल पहिलो खेलमा बंगलादेशसँग ५ विकेटले र दोस्रो खेलमा स्कटल्याण्डसँग १ विकेटले पराजित भएको थियो ।

नेपाल सुपर सिक्समा पुग्नका लागि आजको खेल जित्नुपर्नेछ । नेपालको कप्तानमा पुजा महतो तथा अस्ट्रेलियाको कप्तानमा लुसी हामिल्टन छन् ।