रविलाई छाड्ने आदेशपछि रास्वपाले भन्यो- न्याय प्रणाली अझै जीवित छ

काठमाडौं २५ पुस 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतले आदेश दिएपछि रास्वपाले न्याय प्रणालीमाथी विस्वास बढेको बताएको छ ।

रास्वपा प्रवक्ता मनिष झाले अदालतको आदेशले देशमा न्याय प्रणाली अझै जीवित छ भन्ने कुराको पुष्टि गरेको बताए ।

‘यसअघि हामीले जति बहस, तर्कवितर्क जे गरेपनि न्यायालयले एउटा आदेश दिएको छ’, प्रवक्ता झाले छोटो प्रतिक्रिया दिदैं भने, ‘यसले न्यायालय जीवित छ, न्यायालयले न्याय दिँदो रहेछ भन्ने कराको पुष्टि गर्‍यो ।’

उनले अदालतले सभापति लामिछानेलाई धरौटीमा छाड्नु स्वागतयोग्य भएको प्रतिक्रिया समेत दिए ।जिल्ला अदालत, कास्कीले बिहीबार लामिछानेलाई ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।

यतिबेला रास्वपा नेता तथा कार्यकर्ताहरुले कास्की जिल्ला अदालतबाहिर नाराबाजीसहित खुसियाली मनाइरहेका छन् ।