काठमाडौं ९ पुस
साताको तेस्रो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १४.११ अंकले बढेर २६२६.३१ को विन्दुमा कायम भएको छ ।
यस दिन नेप्सेमा कारोबार भएको ३१२ कम्पनीको १ करोड २७ लाख ४६ हजार ४१० कित्ता शेयर किनबेच हुँदा ५ अर्ब २० करोड २२ लाख ६३ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा बढोत्तरी आउँदा ११ उपसूचक हरियाली भएको छ ।
यस दिन सबैभन्दा बढी जानकी फाइनान्सको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको २० करोड ७ लाख ४२ हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको जोशी हाइड्रोपावरको १९ करोड २७ लाख २० हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।
त्यस्तै यस दिन नेपाल फाइनान्सको ९ करोड ५२ लाख १७ हजार रुपैंया, माउन्टेन इनर्जी नेपालको ८ करोड ६३ लाख ६ हजार रुपैयाँ, न्यादी हाइड्रोपावरको ८ करोड ५९ लाख १४ हजार रुपैयाँको कारोबार भएको हो ।
यस दिन बजारमा बढोत्तरी आउँदा आत्मनिर्भर लघुवित्त, गुराँस लघुवित्त, सामुदायिक लघुवित्तको सेयरमा सकरात्मक सर्किट लाएको छ ।