भानुआटुमा ७.३ म्याग्निच्युडको भूकम्प

२ पुस

भानुआटुमा ७.३ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पबाट एक जनाको मृत्यु भएको छ ।
अस्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेशन (एबीसी) ले मंगलवार भानुआटुमा ७.३ म्याग्निच्युडको भूकम्प गएपछि पोर्ट भिलाको एउटा अस्पतालमा एक जनाको मृत्यु भएको बताइएको छ ।

राजधानी पोर्ट भिलाबाट ३७ किलोमिटर टाढा भूकम्प गएपछि अधिकारीहरूले सुनामीको चेतावनी जारी गरेपनि पछि रद्ध गरेको एबीसीले जनाएको छ । एजेन्सी