शोभा पाठक पक्राउ

 

काठमाडौं १ पुस

प्रहरीले साइबर अपराध कसुरमा एक महिलालाई पक्राउ गरेको छ ।राजकुमार त्रिपाठीको जाहेरीमा प्रहरीले शोभा पाठकलाई सोमबार राजधानीबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी तथा प्रवक्ता नवराज अधिकारीले जानकारी दिए ।

त्रिपाठीले उनीविरुद्ध मंसिर २८ मै जाहेरी दिएकोमा हाल आएर प्रहरीले उनलाई पक्राउ रेको हो । उनलाई प्रहरी वृत्तको हिरासतमा राखिएको छ भने यसबारे थप अनुसन्धान भइरहेको अधिकारीले बताए ।