आन्तरिक हवाई भाडा बढ्यो

काठमाडौं

नेपाल आयल निगिमले मंसिर १५ गतेदेखि हवाई इन्धनको मूल्य बढाएपछि विमान कम्पनीहरुले आन्तरिक हवाई भाडा पनि वृद्धि गरेका छन् । निगमले हवाई इन्धनमा प्रति लिटर दुई रुपैयाँले वृद्धि गरेको थियो ।

निगमले इन्धनको मूल्य वृद्धि गरेपछि नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान० ले भाडा बढाउने निर्णय गरेको हो । बढेको भाडा मंसिर १९ गतेदेखि लागू हुनेछ ।

यसअनुसार काठमाडौंबाट हुने माउन्टेन फ्लाइटमा ६५ रुपैयाँ बढेको छ भने काठमाडौं–सिमरा १५ रुपैयाँले वृद्धि भएको छ । त्यस्तै काठमाडौं–धनगढी ९० रुपैयाँले बढेको छ ।

त्यस्तै काठमाडौं–विराटनगर ५० रुपैयाँ, काठमाडौं–पोखरा ३०, काठमाडौं–भैरहवा ४०, नेपालगन्ज ६० र सुर्खेत ६५ रुपैयाँले भाडा बढेको क्यानले जनाएको छ ।