काठमाडौँ १६ मंसिर
स्थानीय तह उपनिर्वाचन अन्तर्गत उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले मतदान गरेका छन् ।काठमाडौँ महानगरपालिका वडा नम्बर १६ स्थित नेपाल युवक मावि पकनाजोल मतदान केन्द्र पुगेर उनले मतदान गरेका हुन् ।
उपप्रधानमन्त्री सिंहले मतदाताहरूलाई आफ्नो मताधिकार प्रयोग गरेर राम्रो वडाध्यक्ष चयन गर्न आग्रह गरे ।