काठमाडौं ७ मंसिर
बिहीबार राति काठमाडौंमा भूकम्पले धक्का दिएको छ । कीर्तिपुर आसपास केन्द्रविन्दु भएर राति पौने ११ बजे भूकम्प गएको हो ।
भूकम्पको तीव्रता २.६ म्याग्निच्युड मापन भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।
भूकम्पको धक्का सानो भएकाले कुनै क्षतिको विवरण शुक्रबार बिहानसम्म आएको छैन । काठमाडौंसहित आसपासका जिल्लामा समेत भूकम्पको धक्का महसुस भएको बताइएको छ ।