चिकित्सक संघ चितवनको अध्यक्षमा नेपाल, वरिष्ठ उपाध्यक्षमा न्यौपाने चयन

चितवन२३ कात्तिक

नेपाल चिकित्सक संघ चितवनको अधिवेशनले डा.उमेश नेपालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।

समितिको वरिष्ठ उपाध्यक्षमा डा.दिपेन्द्र न्यौपाने सर्वसम्मत निर्वाचित भहुनुभएको छ । उपाध्यक्षमा डा.नवराज लामिछाने, सह-सचिवमा डा. बसन्त शर्मा, कोषाध्यक्षमा डा.विवेक कँडेल र सह-कोषाध्यक्षमा डा.सञ्जय पौडेल पनि सर्वसम्मत निर्वाचित भएको प्रमुख निर्वाचन अधिकारी डा.प्रकाश खतिवडाले जानकारी दिनभयो ।

सचिव पदमा सर्वसम्मत हुन नसकेकाले नयाँ कार्यसमितिले आवश्यक प्रक्रिया अघि बढाउने सहमती भएको खतिवडाले बताउनुुभयो ।

सदस्यहरुमा डा.सुरेशकुमार दिप, डा.कृष्णप्रसाद रेग्मी, डा.पुष्पराज खनिया, डा.सुन्दर गौतम र डा.आविष्कार चापागाईं रहनुभएको छ ।