पहिलो टी२० मा बंगलादेशविरुद्ध भारतको सहज जीत

ग्वालियर– सूर्यकुमार यादवको कप्तानीमा भारतीय टीम अहिले आफ्नै घरमा बंगलादेशविरुद्ध तीन खेलको टी२० सीरीज खेलिरहेको छ । यो सीरीजको पहिलो खेल आइतवार ग्वालियरको श्रीमन्त माधवराव सिंधिया स्टेडियममा खेलियो । यो प्रतिस्पर्धामा भारतीय बलर तथा ब्याट्सम्यानले उत्कृष्ट प्रदर्शन गर्दै सात विकेटले जीत हासिल गरे ।

यो खेलमा भारतीय कप्तान सूर्यकुमार यादवले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका थिए । त्यसपछि बंगलादेशको टीमले भारतलाई १२८ रनको लक्ष्य दिन सफल भयो । जवाफमा भारतीय टीमले तीन विकेट गुमाएर ११.५ ओभरमै खेल आफ्नो पक्षमा पार्न सफल भयो ।

भारतको जीतमा कप्तान यादवले १४ बलमा २९ रन तथा सञ्जू सामसनले १९ बलमा २९ रन नै बनाए । उनीहरुबाहेक हार्दिक पाण्ड्याले १६ बलमा अविजित ३९ रन तथा डेब्यू खेल खेलिरहेका नीतीश कुमार रेड्डीले १६ बलमा १६ रनको इनिङ खेले । बंगलादेशका लागि कुनै पनि बलरले उत्कृष्ट प्रदर्शन गर्न सकेनन् । मुस्ताफिजुर रहमान तथा मेहदी मिराजले १–१ सफलता हासिल गरे ।

पहिला बलिङ गर्ने भारतका कप्तानको निर्णय सही सावित भयो । प्रारम्भदेखि नै भारतीय बलरले आफ्ना दवाव कायम राखे । बंगलादेशले पहिलो ओभरमै ५ रनको स्कोरमा पहिलो विकेट गुमाए । अर्शदीप सिंहले लिटन दासलाई शिकार बनाए । त्यसपछि बंगलादेशलाई १४ रनका दोस्रो झट्का लाग्यो । अर्शदीप सिंहले परवेज हुसैन इमोनको क्लीन बोल्न गरे ।

त्यसपछि बंगलादेशको टीमले लगातार अन्तरमा विकेट गुमाउँदै गयो र ठूलो स्कोर बनाउने बनाउने मौका पाएन । यसरी पाहुना टोली १२७ रनमै समेटियो । टीमका लागि मेहदी हसन मिराजले सबैभन्दा बढी अविजित ३५ रन बनाए भने कप्तान नजमुल हुसैन शान्तोले २७ रन बनाए ।

यो खेलमा भारतीय बलरहरुले आफ्नो दबदबा खेल अवधिभर नै कायम राखे । टीमका लागि स्पिनर वरुण चक्रवर्ती तथा तिब्र गतिका बलर अर्शदीप सिंहले सबैभन्दा बढी ३ ३ विकेटछ लिए । हार्दिक पाण्ड्या, मयंक यादव तथा वाशिङ्टज सुन्दरले समान एक विकेट लिए ।

यो खेलमा मयंक यादव तथा नीतीश कुमार रेड्डीले डेब्यू गर्ने मौका पाएका थिए । मयंकले आईपीएल २०२४ को क्रममा लगातार १५० किलोमिटरको गतिले तिब्र गतिको बलिङ गर्दै प्रशंसकहरुको ध्यान आफूतर्फ आकर्षित गरेका थिए ।