काठमाडौं १२ असोज
सप्तरी र सुनसरी जोड्ने तथा भारतको बिहार राज्यलाई पनि छुने सप्तकोशी नदीमा पानीको बहावले उच्च खतराको संकेत दिएपछि सबै ५६ ढोका खोलिएका छन्।
कोशी ब्यारेज प्रशासनले दिएको जानकारी अनुसार शनिबार बिहानसम्म ४ लाख १९ हजार क्यूसेक भन्दा बढी पानी भएको छ। यो बढीरहेको अवस्थामा रहेको छ।
यसअघि भारतको बिहार राज्यको जल संशाधन विभागले पनि यहि खतराबारे पूर्वचेतावनी दिएको थियो। उसले शनिबार दिउँसोसम्म कोशीमा ७ लाख क्यूसेक पानीको बहाब पुग्न सक्ने पूर्वचेतावी दिएको थियो।