नारायणगढ–मुग्लिन सडक पूर्ण रुपमा अवरुद्ध ,खुल्न समय लाग्ने

चितवन १२ असोज 

लगातारको वर्षाका कारण नारायणढ नारायणगढ-मुग्लिन सडक खण्डको सडक पूर्ण रुपमा अवरुद्ध भएको छ।

पहिरोको जोखिमका कारण हिजो बेलुका ७ बजेदेखि आज बिहान ५ बजेसम्म सडक बन्द गरिएको थियो। राति नै ९ ठाउँमा पहिरो गएर सडक अवरुद्ध भएको छ।

चितवन प्रहरीका अनुसार सडकको नौ किलोमा सडक भास्सिएको छ भने कालिखोला, घोप्टेभीर लगायतका ठाउँठाउँमा पहिरो गएको छ।सडक विभाग र प्रहरी मिलेर सडक पन्छाउने काम भइरहे पनि तत्कालै सडक खुलाउन सकिने अवस्था छैन।