आइसीसी क्रिकेट विश्वकप लिग-२: नेपालले आज क्यानडाविरुद्ध खेल्दै

भदौ ३१

नेपाली राष्ट्रिय क्रिकेट टोलीले आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक ओडीआई सिरिजको पहिलो खेलमा आज राति क्यानडाविरुद्ध खेल्दैछ।

क्यानडाको किंग्स सिटी क्रिकेट स्टेडियममा हुने खेल राति पौने ९ बजे सुरु हुनेछ।त्रिकोणात्मक सिरिजमा नेपाल र क्यानडासँगै ओमान रहेको छ। नेपाली टोली क्यानडालाई पराजित गर्दै सिरिजमा सुखद सुरुवात गर्न चाहान्छ।

सिरिजका लागि नेपाली टोलीले श्रीलंकामा अभ्यास गरेको थियो।घरेलु मैदानमा क्यानडा पनि नेपाललाई पराजित गर्दै सुखद सुरुवातको योजनामा हुनेछ। यद्यपी नेपाली टोली यो पटक सुरुवातबाट नै लिगमा जितका साथ सुरुवातको योजनामा छ।

नेपालको सम्भावित प्लेइङः११
रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, आरिफ शेख, अनिल शाह, गुलसन झा, सोमपाल कामी, करण केसी र सन्दीप लामिछाने