पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घट्यो

काठमाडौँ ३० भदौ 

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँ मूल्य घटाइएको निगमले जनाएको छ।

निगमका अनुसार घटाइएको नयाँ मूल्य आइतबार राति १२ बजेदेखि लागू हुनेछ।