प्रेमबस्ती बहुमुखी क्याम्पसकाे दाेस्राे क्याम्पस सभा सम्पन्न

भरतपुर २८ भदौ

प्रेमबस्ती बहुमुखी क्याम्पसको दोस्रो क्याम्पस सभा तथा सम्मान एवं पुरस्कार वितरण कार्यक्रम शुक्रबार गरिएकाे छ । क्याम्पस सञ्चालक समितिका अध्यक्ष मुक्तिनाथ अधिकारीकाे अध्यक्षता भएकाे वागमती प्रदेशका सामाजिक विकास मन्त्री हरिप्रभा खड्की श्रेष्ठ रहेका थिए । कार्यक्रममा पूर्व मन्त्रीहरु मिलन बाबु श्रेष्ठ, उत्तम जोशी, भरतपुर महानगरपालिका वडा नम्बर ८ का अध्यक्ष जीवनाथ कँडेल लगायतले मन्तव्य राखेका थिए ।

भरतपुर महानगरपालिका वडा नम्बर ७ का अध्यक्ष एवं क्याम्पस सञ्चालक समिति सदस्य राजेन्द्रमणि काफ्ले स्वागत मन्तव्य राखेकाे कार्यक्रममा क्याम्पस प्रमुख कृष्णप्रसाद सापकोटा, कार्यक्रम सञ्चालन एवं प्रगति प्रतिवेदन प्रस्तुत क्याम्पस प्रमुख बुद्धिसागर कँडेलले गरेका थिए । प्रेम बस्ती माध्यमिक विद्यालय प्रधानाध्यापक रामेश्वर न्यौपाने धन्यवाद ज्ञापन मन्तव्य राखेकाे कार्यक्रममा क्याम्पस सञ्चालक सदस्य दामोदर न्यौपाने तथा सम्झना रेग्मीकाे उपस्थिति रहेकाे थियाे ।

कार्यक्रममा ३० भन्दा बढी विद्यार्थीलाई पुरस्कार तथा छात्रवित्ती वितरण गरिएकाे थियाे । साे अबसरमा प्रमुख अतिथिले बागमती प्रदेश सामाजिक विकास मन्त्री खड्कीले प्रेम बस्ती क्याम्पसको विकास र उन्नतिको लागि सदैव सहयोगी रहने प्रतिबद्धता जनाइन । पूर्वमन्त्री मिलनबाबु श्रेष्ठद्वारा प्रेम बस्ती एउटा शैक्षिक नक्षत्र रहेकोले यसको विकास र सम्भारका लागि आफूहरू लागिपर्ने बताए । पूर्वमन्त्री उत्तम जोशीले प्रेम बस्तीमा स्नातक तहका अन्य विषयहरू सञ्चालनका लागि आफूले सहयोग गने बताए।