फुलबारी राइनो युथ एसोसियसनको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

चितवन १९ साउन

चितवनमा हाल विद्यमान रगतको अभावलाई केही हदसम्म पुरा गर्ने हेतुले फुलबारी राइनो युथ एशोसियसनको आयोजना तथा  सेन्ट्रल कलेजको सहयोगमा आज खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

“रक्तदान, जीवनदान”भन्ने नारालाई आत्मसात गर्दै  भरतपुर १५ शनिश्चरे देबि मन्दिर परिसरमा आयोजना गरिएको उक्त  कार्यक्रममा  जम्मा ७५ जना जनाले रक्तदान गरेका हुुन् ।जसमा १२ जना महिला र पुरुष ६३ जना थिए ।

वडा नम्बर १५ का  अध्यक्ष कृष्ण देवकोटा  प्रमुख अतिथि अतिथि रहनु भएको उक्त  कार्यक्रममा विशिष्ट अतिथिमा  सेन्ट्रल कलेजका प्रिन्सिपल यज्ञ बिलास (वाइबी) पौडेल रहनु भएको  थियो ।

कार्यक्रम फुलबारी राइनो युथ एशोसियसनका अध्यक्ष अनुज श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको िथयो ।