मौसम : दिउँसो कोशी, वागमती, गण्डकी, लुम्बिनी, कर्णाली प्रदेशमा मुसलधारे वर्षा

काठमाडौं  १७ साउन 

आज ५ वटा प्रदेशमा मुसलधारे वर्षा हुने पूर्वानुमान जल तथा मौसम विज्ञान विभागको छ।विभागका अनुसार आज दिउँसो कोशी, वागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्‍चिमका केही तथा मधेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यस्तै, कोशी, वागमती, गण्डकी, कर्णाली र सुदूरपश्‍चिमका १-२ स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

आज राति कोशी, वागमती र गण्डकीका केही तथा मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्‍चिमका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यस्तै, गण्डकी र सुदूरपश्‍चिमका १-२ स्थानमा भारी वर्षाको पनि सम्भावना छ।