काठमाडौँ ९ साउन
सन २००३ को अप्रिल १० मा तैंयार भएको क्यानाडाको Bombardier CRJ-200ER विमान हो । यो विमान सोही वर्षको मइ २९ मा अमेरिकाको एटलान्टिक कोष्ट एयरलाइन्सले किनेर यूनाइटेड एक्सप्रेसलाई भाडामा उडाउन दिएको थियो । यसपछि सन २००४ को अगष्ट ४ मा यो विमान अमेरिकाको इन्डिपिडियन्स एयरको साथमा पुग्यो । सन २००६ को जनवरी ५ बाट १८ सम्म यो विमानलाई उडानका लागि रोकिएको थियो । त्यसपछि २००७ को जुन १५ सम्म यसलाई स्टोर गरेर राखियो ।
सन २००७ को जुन २१ मा यो विमान पूर्ण मर्मत पछि नाइजेरियाको एरिक एयरको साथ पुग्यो । सन २००८ को मार्च २० मा यस विमानलाई साउथ अफ्रिकाको साउथ अफ्रिकन एक्सप्रेस एयरवेजले किनेर उडाउन थाल्यो । सन २०१६ को अक्टोवर पछि यो विमानलाई उडानमा रोक लागेपछि स्टोर गरेर राखिएको थियो । २७ जनवरी २०१७ मा यसको स्वामित्व स्ट्राटेजिक एयर फाइनान्सले लियो । त्यसपछि २७ फेब्रुअरीमा बैंक अफ उटाहले लियो । अन्तमा सन २०१७ को मार्च १४ मा नेपालको सौर्य एयरलाइन्सले किनेको थियो ।
२१ वर्ष भइसकेको यो विमान मर्मतका लागि पोखरा लैजाँदै गर्दा दुर्घटना भएको भन्ने सौर्य एयरलाइन्सको भनाइ रहेको छ । यसमा अधिकांश सौर्य एयरलाइन्सकै कर्मचारीहरु रहेको भनिन्छ । आज भएको दुखद दुर्घटनामा पाइलट मनिष रत्न शाक्यलाई घाइते अवस्थामा उद्दार गरि अस्पताल लगिएको छ भने अन्य १८ जनाकै मृत्यु भएको छ । मृत्यु हुनेमा को-पाइलट सुशान्त कटुवाल तथा यमनका नागरिक अरिफ रेडा पनि रहेको छ ।