बीपी कोइराला क्यान्सर अस्पतालकी लेखा अधिकृत घुससहित पक्राउ

 

चितवन  ६ साउन

चितवनको भरतपुरस्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालकी लेखा अधिकृत घुस सहित रङगेहात पक्राउ परेकी छन् ।

अस्पतालकी लेखा अधिकृत अमृता कोइरालालाई भरतपुर–७, कटहर चोकस्थित बालाज रेस्टुरेन्टबाट आज अपरान्ह घुससहित पक्राउ गरिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले उनलाई आइतबार पक्राउ गरेको हो। टोलीले उनीसँग १ लाख ५० हजार रुपैयाँ नगद र ४ लाख ५० हजार रुपैयाँको चेकसहित पक्राउ गरेको हो।

कोइरालाले उक्त घुस रकम एक औषधि कम्पनीसंग लिन लागेको बेला अख्तियारले पक्राउ गरेको सूचना अधिकारी गोविन्दप्रसाद गौतमले जानकारी दिए ।