राप्रपाले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने

काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रधानमन्त्री केपी ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको छ ।शनिबार बसेको राप्रपा निर्देशक समितिको बैठकले उक्त निर्णय गरेको हो ।

नयाँ सरकारलाई प्रारम्भिक रुपमा सकारात्मक हिसाबले लिएको भएपनि सम्पूर्ण गतिविधिको विश्लेषण गरेर विश्वासको मत नदिने निर्णय गरेको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिने कार्यसूची छ ।