तनहुँमा चितुवाको आक्रमणबाट एक बालकको मृत्यु

दमौली ४ साउन 

तनहुँको बन्दीपुर गाउँपालिका-५ फलामडाँडामा चितुवाको आक्रमणबाट बिहीबार साँझ बालकको मृत्यु भएको छ ।मृत्यु हुनेमा १३ वर्षीय सुन्दर अछामी रहेको बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिए।

अछामी घर नजिकै चितुवाको आक्रमणमा परेका थिए। बन्दीपुर अस्पताल लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको हो। उनको शव अस्पतालमा राखिएको छ।