नवलपरासी २ साउन
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा छोराले बुवाको हत्या गरेका छन् ।जिल्लाको कावासोती–५ ठकुरीचोकका १८ वर्षीय निराजन कुमालले ढुङ्गा प्रहार गरी आफ्नै बुबाको हत्या गरेका हुन् ।
निराजनले हानेको ढुंगा टाउकोमा लागेर उनका बुबा ४३ वर्षीय प्रेम कुमालको मृत्यु भएको प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले जानकारी दिए ।पौडेलकाअनुसार आफ्नो घरमा पालेको कुकुरलाई बुबाले पिटेको विषयमा झगडा पर्दा छोराले प्रहार गरेको ढुङ्गा टाउकोमा लागेर बुबाको घटनास्थलमै मृत्यु भएको हो ।
घटनास्थलमा प्रहरी निरीक्षक विक्रम रिजालको नेतृत्वमा सात सदस्यीय प्रहरी टोली परिचालन गरी हत्यामा संलग्न निराजनलाई नियन्त्रणमा लिई थप अनुसन्धान थालिएको उनले बताए ।