काठमाडौं ३० असार
क्यानडालाई पेनाल्टी सुटआउटमा हराउँदै उरुग्वे कोपा अमेरिकामा तेस्रो बनेको छ।
अमेरिकारमा आज बिहान भएको खेलमा उरुग्वेले क्यानडालाई पेनाल्टीमा ३–४ ले हराएको हो। निर्धारित ९० मिनेटमा २–२ को बराबरी खेलेपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो। क्यानडाका दुई खेलाडीले पेनाल्टीमा गोल गर्न सकेनन्।
खेलको ८औं मिनेटमा रोड्रिगो बेन्कोरले गोल गर्दै उरुग्वेलाई अग्रता दिलाएका थिए। त्यसपछि खेलको २२औं मिनेटमा स्माइन कोनले गोल गर्दै खेललाई बराबरीमा ल्याए।
पहिलो हाफमा एकएक गोलको बराबरी गरेका यी दुई टोलीले खेलको ८० मिनेटमा क्यानडाले अग्रता लियो। जोनाथन डेभिडले गोल गर्दै क्यानडालाई जित नजिक पुर्याएका थिए। तर खेलको अतिरिक्त समयको दोस्रो मिनेटमा लुइस स्वारेजले गोल गर्दै बराबरीमा ल्याए।
क्यानडा सेमिफाइनलमा अर्जेन्टिनासँग पराजित भएको थियो भने उरुग्वे कोलम्बियासँग स्तब्ध बनेको थियो। यी दुई विजेता टोलीबीच उपाधिका लागि भोलि बिहान आमनेसामने हुनेछन्।