काठमाडौं २९ असार
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आइतबार प्रधानमन्त्री नियुक्त हुने भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई आइतबार बिहान प्रधानमन्त्री नियुक्त गर्न लागेका हुन्।
ओलीले भोलि दिउँसो प्रधानमन्त्री पदको शपथ लिने कार्यक्रम तय भएको छ । राष्ट्रपति कार्यालय शीतलनिवासमा हुने कार्यक्रमलगत्तै उनले पदभार ग्रहण गर्नेछन्।
ओलीले एमाले र कांग्रेसका १६६ सांसदको हस्ताक्षरसहित शुक्रबार राति प्रधानमन्त्रीका लागि दाबी पेश गरेका थिए। शुक्रबार बेलुका एमाले अध्यक्ष ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित शीतलनिवास पुगेर दाबी पेश गरेका थिए।
राष्ट्रपति पाैडेलले संविधानको धारा ७६ (२) बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गरेपछि ओली प्रधानमन्त्री बन्ने बाटाे खुलेकाे थियाे।