धनकुटा २७ असार
धनकुटाको शहीदभूमि गाउँपालिकामा जङ्गली च्याउको तरकारी पकाएर खाँदा एकै परिवारका सात जना बिरामी भएका छन् ।
जङ्गलबाट टिपेर ल्याएको च्याउको तरकारी पकाएर खाँदा शहीदभूमि गाउँपालिका–७ गैरीटोलका सात जना बिरामी परेका प्रहरीले जनाएको छ । हिजो बेलुका च्याउको तरकारी खाएर सुतेका ६३ वर्षीया इन्द्रकमला राईसहित सात जना बिरामी परेका जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजबाबु महर्जनले जानकारी दिनुभयो ।
बिरामी सबैको धरानमा रहेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।