बारामा बस दुर्घटना हुँदा १३ जना घाइते

बारा २७ असार 

बाराको जीतपुर सिमरा उपमहानगरपालिका– १६ स्थित पसाहा पुल नजिकै यात्रुवाहक बस दुर्घटना भएको छ ।बिहीबार भएको दुर्घटनामा १३ जना घाइते भएका छन् ।​

मलंगवाबाट वीरगन्ज जाँदै गरेको ना ४ ख ७१९४ नम्बरको बस अनियन्त्रित भएर दुर्घटना भएको हो । बसमा ३१ जना सवार थिए ।

घाइते १३ जनाको सशस्त्र प्रहरी बलको रिजर्भ गणबाट खटिएको टोलीले उद्धार गरेको छ ।दुर्घटनामा दुई जना गम्भीर घाइते भएका सशस्त्र प्रहरी बल मुख्यालयका सह-प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

गम्भीर घाइते दुई जनालाई सशस्त्रकै गाडीमा राखेर सिमरा अस्पताल पुर्‍याइएको छ ।