माओवादी केन्द्र संसदीय दलको बैठक बस्दै

काठमाडौं २६  असार

नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ । दिउँसो २ बजे संसदीय दलको बैठक बोलाएको नेकपा माओवादी केन्द्रले जनाएको छ ।

केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले दिएको जानकारीअनुसार बैठकमा शुक्रबार प्रधानमन्त्रीले लिन लागेको विश्वासको मत सम्बन्धमा छलफल हुनेछ ।