काठमाण्डौ २५ असार
ईपीएस कोरिया शाखाले कोरियन भाषा परीक्षाको मिति निर्धारण गरेको छ।आज (असार२५ गते) सूचना प्रकाशित गरी सन् २०२४ को विशेष कारियाली भाषा परीक्षा सञ्चालन सम्बन्धी सूचना प्रकाशित गरेको हो। नेपाल सरकार र गणतन्त्र कोरिया सरकार बीच सम्पन्न समझदारी पत्र अनुरूप रोजगार अनुमति प्रणाली अन्तर्गत कोरियामा काम गरेर फर्किएकाहरूका लागि परीक्षा सञ्चालन हुन लागेको हो।
सूचना अनुसार परीक्षा आगामी २०८१ असोज ८ देखि ११ गतेसम्म सञ्चालन हुनेछ।त्यसका लागि साउन ७ देखि ११ सम्म फाराम वितरण तथा दर्ता गरिने छ भने भदौ २८ गते परीक्षा तालिका घोषणा हुने छ।
असोज ८ देखि ११ सम्म सञ्चालन हुने परीक्षाको नतिजा प्रकाशन असोज २१ गते हुनेछ।ईपीएस शाखाले आवेदनको सूचना सार्वजनिक गरी विभिन्न योग्यता निर्धारणसमेत गरेको छ।
जसमा १८ वर्ष पूरा भइ ३९ वर्ष ननाघेको हुनुपर्नेलगायत प्रावधान छ।