पाँच दिनदेखि अवरूद्ध कर्णाली राजमार्ग एकतर्फी खुल्यो

सुर्खेत २५  असार 

पाँच दिनदेखि अवरूद्ध रहेको कर्णाली राजमार्ग एकतर्फी खुलेको छ ।

कालिकोटको शुभकालिका गाउँपालिका–१ गगने खोलामा आएको पहिरो पन्छाएपछि मंगलबार दिउँसोबाट राजमार्ग एकतर्फी खुलेको हो ।

ढुङ्गाहरू पन्छाएर सडक खुलाइएको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख चेतनकुमार मण्डलले जानकारी दिए ।

‘अहिले सडक एकतर्फी खुलेको छ । सडकमा खुलाउने थप काम भइरहेको छ’, उनले भने ।