सुनको मूल्यमा सामान्य गिरावट

काठमाडौँ  २४ असार 

नेपाली बजारमा सोमबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

सोमबार छापावाल सुनको मूल्य तोलामा ४०० रुपैयाँ घट्दै १ लाख ४५ हजार रुपैयाँ कायम भएको हो ।अघिल्लो दिन सुनको मूल्य तोलामा १ लाख ४५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो  ।

यस्तै तेजाबी सुन तोलामा १ लाख ४४ हजार ७०० रुपैयाँमा कारोबार हुँदा चाँदीको मूल्य तोलामा १ हजार ८९० रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।